Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने


काठमाडौं । ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ।

कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। केही दिनयता सवारीसाधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई–दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिए। अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारीसाधन चलिरहेका छन्। ‘फ्लाई ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारीसाधनले विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उनको भनाइ छ। ‘लुभू, इमाडोल जानेहरू यही सडकको प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘यसो गर्दा सडकमा ट्राफिक जाम कम पनि हुन्छ।’

निर्माण सुरु भएपछि सोही सडकमा सबै गाडी गुडाउँदा समस्या हुने भएपछि सवारीसाधन व्यवस्थापनका लागि डाइभर्ट गर्नुपर्ने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाई ओभर’को उचाइ छ मिटर हुने गरी निर्माण सुरु गरिएको छ। फ्लाइओभरमा पुग्न बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढ्नुपर्नेछ। बालकुमारीतर्फ दुई सय ८० मिटर र सातादोबाटोतर्फ एक सय ७५ मिटर लम्बाइको ‘¥याम’ हुनेछ। ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ। मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।

फ्लाइ ओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ।


Read Previous

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राहीलाई सास्ती

Read Next

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक : मन्त्री शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *