Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राहीलाई सास्ती


सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ। जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन्। ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको हो।

सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् अवरुद्ध हुने बित्तिकै इन्धन वितरण पनि ठप्प हुने गरेको छ भने सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित नमुना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि यस्तै समस्या छ। जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक काम गर्न समेत समस्या हुँदै आएको चालक रमेश कार्कीले गुनासो गरे।

जिल्लामा सञ्चालित पम्पहरूमा ब्याकअपको समेत व्यवस्था नहुनु लजास्पद विषय भएको अर्का चालक मिङमार शेर्पाको भनाइ थियो। सोमबार केही समय विद्युत् अवरुद्ध हुँदा धेरै चालकहरू इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य थिए।

सोही समस्या बारम्बर दोहोरिरहने गरेको अर्का चालक शम्भु विश्वकर्माले बताए। कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सले समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने एम्बुलेन्स चालकहरूको गुनसो थियो। हाल ती पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् ।

उनीहरूले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने वा रित्तो हात फर्काउने गरेको गनासो बढेपछी आफ्नो ध्यानार्कषण भएको र यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले प्रतिक्रिया दिए।


Read Previous

सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?

Read Next

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

Leave a Reply

Your email address will not be published.