Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा

‘दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक’


अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छन्।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिन चाहेको बताइन्। उनले भनिन्, ‘वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने । बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको सुरुआत भएको छ।’

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेकी राज्यममन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगगरपालिका–१० अर्घामा निर्माणाधीन अर्घा भगवती विमानस्थल सञ्चालन उच्च प्राथमिकता दिने जानकारी दिइन्।

मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने उनले बताइन्। उनले सन्धिखर्क–७ खाँचीलगायतका क्षेत्रमा चुनढुङ्गा उत्खननले पारेको असरबारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने बताइन्।


Read Previous

बेलायती अर्थतन्त्र मन्दीबाट सुध्रिदै

Read Next

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

Leave a Reply

Your email address will not be published.