
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले शनिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
उक्त लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश रहेको छ।
सभामा आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु समेत पारित भएका छन्।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ।
Tags: #मुक्तिनाथ विकास बैंक
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








