Nepal Purbadhar

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने


चितवन । नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो।

दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो। कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ।

कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुनेछ। तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन्।

क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको छ । क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय रुपैयाँ तेकिएको ढुङ्गेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ। एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन्।

क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

क्रुजसिप निर्माणमा १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको कँडेलले जानकारी दिए। उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए। क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ ।

Facebook Comments

Read Previous

तारकेश्वरमा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने

Read Next

मुक्तिनाथ विकास बैंकको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १४ प्रतिशत बढी लाभांश प्रदान गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar