Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नारायणगढ-मुग्लिन सडक खण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने   


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने भएको छ ।  पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले यसअघि दिउँसाेकाे समयमा दैनिक ४ घन्टा सवारी आवागमन राेकिने गरेकाे सडक खण्ड मकर संक्रान्ति पर्वका अवसरमा शनिवार र आइतबार नराेकिने भएकाे हाे ।

शनिबार सार्वजिनक विदा तथा आइतबार मकर संक्रान्ति पर्व परेका कारण सवारी आवागमन दिनभर सुचारु रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मकर सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढा-टाढाबाट आउने हुँदा सडक खण्ड पूर्णरूपमा सञ्चालन गर्न लागिएकाे हाे ।

यसअघि गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्डमा सवारी आवागमन  रोकेर काम गरिँदै आएको छ ।    सवारी रोकेर काम गर्दा प्रभावकारी भएको सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले बताए ।

साे सडक खण्डमा निर्माणाधीन  ५ वटा पुलमध्ये ३ वटाको भित्तो काट्ने काम सकिएको छ ।  कार्कीका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो ।

चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।

यी पुलसँगै काम थालिएका ९ पुलकाे निर्माण पूरा भइसकेकाे छ । यसअघिनै सो सडक खण्डका ५ पुल बनिसकेका थिए । ५ वटा पुल निर्माणाधीन छन् ।


Read Previous

विद्युत प्राधिकरणले लप्सीफेदी सबस्टेसनकाे अवराेध हटाउन आन्दोलनरत स्थानीयलाई वार्तामा बोलायो

Read Next

महाकाली लोकमार्ग: बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक   

Leave a Reply

Your email address will not be published. Required fields are marked *