Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान


सोलुखुम्बु । सोलुखुम्बुमा सडक कालोपत्रेका लागि टेण्डर आह्वान गरिएको छ ।

सोलुखुम्बुको तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान गरिएको हो।

जिल्लाको माप्यदुधकोशी गाउँपालिकाबाट खुम्बु पासाङ लहामु गाउँपालिका जोड्ने सडकका लागि निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तरगतको परियोजनाका लागि बुधबार टेण्डर आह्वान भएको हो।

जिल्लाको पर्यटन विकासका लागि तल्लो सोलुलाई सगरमाथा क्षेत्रमा पर्ने खुम्बुसम्म सडक सञ्जालले जोड्ने उद्देश्यका साथ तत्कालिन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन सल्लेरी–सिलगुडीडाडाँ–काँकु–बासा–ओर्लाङ्गघाट–जुभिङ–खरिखोला–लुक्ला चौरीखर्क सडक खण्ड कालोपत्रेलाई निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेका थिए।

सोही सिफारिसको आधारमा छनोट भएको उक्त सडक कालोपत्रेका लागि टेण्डर प्रक्रिया अघिल्लो वर्ष नै अघि बढ्नुपर्ने भएपनि प्राविधिक कारणले रोकिएको थियो।


Read Previous

राष्ट्रिय गौरवका योजना : ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै

Read Next

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

Leave a Reply

Your email address will not be published.