Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र


तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले बताइन् ।

कुल ७० लाख तीन हजार तीन सय ५६ रुपैयाँको लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट ४९ लाख र स्थानीय उपभोक्ताबाट २१ लाख तीन हजार तीन सय ५६ रुपैयाँको साझेदारी गरेका छन् । मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताइन् । ‘सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो,’ उनले भनिन्।

अवरुद्ध कृष्णमार्ग सञ्चालन हुने

तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग सञ्चालन हुने भएको छ । विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटरमार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो । कृष्ण मोटरमार्गअन्तर्गत खिलाबाट पोखरीछापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ । मोटरमार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटरमार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए। पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ ।


Read Previous

कञ्चनपुरको दोदा नदीमा ५ करोड बढीको लागतमा तटबन्ध निर्माण हुँदै

Read Next

मह बेचेर वार्षिक ३५ लाख आम्दानी

Leave a Reply

Your email address will not be published.