Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा ५२ खर्ब हराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।


Read Previous

सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

Read Next

‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

Leave a Reply

Your email address will not be published.