Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

महासंघका उद्योग उपसमिति सभापति आचार्य प्राधिकरणको सञ्चालक नियुक्त


काठमाडौं । उद्योग व्यवसायी भरतराज आचार्य नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत मंगलबार (पुस ५ गते) मन्त्रीस्तरीय निर्णय गरी आचार्यलाई प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयबाट बाहिरिनुअघि उनलाई प्राधिकरण सञ्चालक समिति सदस्य बनाएकी छिन् । गत मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा हार बेहोरेकी भुसालले पुनः सरकारमा आउने सम्भावन नहुँदा नहुँदै काम चलाउ मन्त्रीको हैसियतमा यो आचार्यलाई प्राधिकरण सञ्चालक बनाएकी हुन् ।

आचार्यका देशभरमा करिब आधा दर्जन उद्योग सञ्चालनमा छन् । ४० वर्षिय आचार्य अहिले नेपाल उद्योग बाणिज्य महासंघको उद्योग उपसमिति सभापतिको जिम्मेवारीमा समेत छन् ।

उद्योगी व्यवसायीरू चरम लाेडसेडिङका बेला ट्रंक लाइन र डेटिकेटेड फिडरबाट उपयोग गरेको विद्युतकाे १६ अर्ब रुपैयाँ बक्यौता छुटको माग गर्दै शक्तिकेन्द्र धाइरहेकाबेला आचार्यलाई प्राधिकरणको सञ्चालक बनाइनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।


Read Previous

प्राधिकरणले १५० मेगावाटको जवा तिला आयोजना निर्माण गर्ने

Read Next

बन्दीपुर केबलकारको काम अन्तिम चरणमा, बैशाखदेखि सञ्चालनको तयारी

Leave a Reply

Your email address will not be published.