Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन   

नवीकरणीय ऊर्जा उत्पादन बढेपछि भारतमा यो वर्षको ऊर्जा संकट टर्यो


काठमाडौं । भारतले विद्युत प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता बढाएसँगै यो वर्षको सम्भावित ऊर्जा संकट टरेकोे छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य आकाशिएपछि गहिरिएको ऊर्जा संकट नवीकरणीय ऊर्जामा भएको वृद्धिले आपूर्ति व्यवस्थापन सहज हुँदा संकट टरेको हो ।

यो वर्ष जलविद्युत, सौर्य, वायु लगायत नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन भएको ३ अर्ब १० करोड किलोवाट घन्टा विद्युत प्रसारण प्रणालीमा थपिएपछि आपूर्ति व्यवस्थापनमा सुधार आएको हो । सोलार, वायु, जलविद्युत लगायत नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युत परिमाण बढ्नुका साथै कोइलाको भण्डारणमा भएको सुधारले यो वर्ष मनसुनपछिको माग व्यवस्थापन हुँदा भारतले आपूर्ति व्यवस्थापनको कठिन चरण पार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अघिल्लो वर्ष सन् २०२१ को सेप्टेम्बर अन्त्य तथा अक्टोबरको सुरुवातमा कोइला अभावमा थर्मल प्लान्टहरू पूर्ण क्षमतामा चल्न नसकेपछि विद्युत आपूर्ति व्यवस्थापन नहुँदा भारतभर व्यापक लोडसेडिङ भएको थियो । ग्रिड इन्डियाका अनुसार यो वर्ष अक्टोबर महिनामा विद्युत प्रसारण ग्रिडको फ्रिक्वेन्सी ४९.९ हर्ज प्रतिसेकेन्डको न्युनतम लक्ष्यभन्दा ५ प्रतिशतमात्रै तल गएको छ । अघिल्लो वर्ष यो न्युनतम लक्ष्यभन्दा ११ प्रतिशत तल झरेको थियो ।

फ्रिक्वेन्सी नियन्त्रणमा भएको सुधारले स्थिर प्रसारण प्रणालीको संकेत दिएको ग्रिड इन्डियाले जनाएको छ । ग्रिड इन्डियाका अनुसार फ्रिक्वेन्सी नियन्त्रणमा भएको सुधारले विद्युतको उच्च माग व्यवस्थापनलाई सहज बनाएको छ ।

अहिले उत्तर भारतमा तापक्रम पनि घट्दै गएकाले बढी विद्युत खपत हुने विद्युतीय उपकरणको उपयोगमा कमी आएकाले पनि आपूर्ति व्यवस्थापन सहज बनेको समाचारमा जनाइएको छ । गत वर्ष अक्टोबरमा भारतको विद्युत माग १ खर्ब १५ अर्ब किलोवाट घन्टा थियो ।

नवीकरणीय ऊर्जा उत्पादनमा वृद्धि हुँदा कोइलाबाट चल्ने थर्मल प्लान्ट तथा डिजेल जेनेरेटर माथिको दवाब पनि कम हुन पुगेको समाचारमा जनाइएको छ । कोइला र डिजेल जेनेरेटर कम चलेका कारण कोइला तथा डिजेल कम खपत हुँदा भण्डारण क्षमतामा वृद्धि भएपछि सेप्टेम्बरपछिको माग व्यवस्थापन गर्न सहज भएको हो ।

जलविद्युत, सौर्य र वायु ऊर्जाका स्रोतबाट उत्पादित विद्युतले यो वर्ष कूल मागको २५ प्रतिशत आपूर्ति गर्न सम्भव भएको ग्रिड इन्डियाले जनाएको छ । अघिल्लो वर्ष प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको योगदान २२.८ प्रतिशत मात्रै थियो ।

बितेको १ वर्षमा वायु ऊर्जाको जडित क्षमता १ लाख ३ हजार मेगावाटबाट बढेर १ लाख १९ हजार मेगावाट पुगेको खबरमा उल्लेख छ । अहिले विद्युतको दैनिक माग बढिरहेकाले कोइलामा आधारित थर्मल प्लान्ट चलाउनु पर्ने अवस्था आउनसक्ने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी आयोजना स्वीकृत, प्रत्येक घरमा प्रतिदिन १३५ लिटर पानी उपलब्ध हुने

Read Next

देशभर साढे २६ हजार विद्युतीय सवारी साधन यातायात कार्यालयमा दर्ता, ५० प्रतिशत स्कुटर र मोटरसाइकल

Leave a Reply

Your email address will not be published.