Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

उपत्यकाका सार्वजनिक जग्गा र भवनकाे नाप नक्सा विवरण पेश गर्ने अटेरी


काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक रूपमा प्रयोग भएका जग्गा एवं भवनको नाप नक्सालगायत कागजात पेश गर्न आह्वान गरे पनि निकै कमले मात्र प्राधिकरणकाे याे निर्देशनकाे पालना गरेका छन् । प्राधिकरणाले सम्पूर्ण विवरण बुझाउन निर्देशन जारी गरिएकाेमा अहिलेसम्म  सबै सार्वजनिक जग्गा एवं भवनकाे नाप नक्साकाे  विवरण पेश हुन नसकेकाे हाे ।

प्राधिकरणले आगामी आइतबारभित्र नाप नक्सालगायत विवरण पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरेकामा निकै कममात्र कागजात प्राप्त भएको सूचना अधिकारी सौरभ ढकालले बताए । उनका अनुसार  प्राधिकरणले असोज २४ गते सूचना प्रकाशित गरी सात दिनभित्र काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक रुपमा प्रयोग भइरहेका भवनका सम्बन्धित व्यक्तिलाई कागजात पेश गर्न निर्देशन दिएको थियो ।

विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक निकाय जोखिमका भवनमा सञ्चालन भइरहेको गुनासा आएपछि प्राधिकरणले सूचना प्रकाशित गरी कागजात माग गरेको जनाएको छ । काठमाडौं उपत्यका भूकम्पलगायत प्राकृतिक प्रकोपको जोखिममा रहेकाले सार्वजनिक भवनको अवस्था बुझ्न सूचना निकाली भवन एवं जग्गासँग सम्बन्धित विवरण माग गरिएको प्राधिकरणका प्रवक्ता नवराज प्याकुरेलले बताए ।

आइतबारसम्म जति विवरण आउँछ त्यस आधारमा थप निर्णय गर्ने प्राधिकरणले जनाएकाे छ । सार्वजनिक भवन एवं संरचना सुरक्षित राख्न प्राधिकरणले यस्तो विवरण माग गरेको प्याकुरेलले बताए । विवरण पेश नगर्नेलाई के गर्ने भन्ने विषयमा पनि आइतबारपछि निर्णय गरिने प्राधिकरणले जानकारी दिएकाे छ ।


Read Previous

पहिराेले अवरुद्ध मालढुङ्गा-बेनी सडक खण्ड ४ दिनपछि खुल्याे

Read Next

थापाथलीमा निर्मित अनधिकृत संरचनामा चल्याे डाेजर

Leave a Reply

Your email address will not be published.