Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यकः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यक रहेको बताएका छन् । लगानी बोर्डले आयोजना गरेको ‘दिगो पूर्वाधार लगानी फोरम २०२२’ कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले पञ्च बर्षीय योजना कार्यान्वयनका लागि निजी क्षेत्रबाट मात्र ५६ लगानी आवश्यक रहेको उनको भनाई थियो । प्रधानमन्त्री देउवाले सन् २०४५ भित्रको शुन्य कार्बन बिर्सजनका लागि राष्ट्रिय रुपमा निर्धारित योगदान (एनडीसी) ले ३६ अर्ब डलर आवशयक रहेको औल्याएको पनि जानकारी दिए ।

उनले मुलुकको दिगो आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने समय आएको बताए । ‘दिगो आर्थिक वृद्धिका लागि हरित पूर्वाधारमा लगानी गरेर  हरित अर्थतन्त्रको विकास गर्नुपर्छ,’ उनले भने,‘सरकारले हरित पूर्वाधारमा लगानीका लागि वातावरण तयार गरेको छ ।’लगानी बोर्डका अध्यक्ष समेत रहेका देउवाले हरित पूर्वाधार विकासबाट हरित अर्थतन्त्रमा जान वाह्य र स्वदेशी निजी लगानी चाहिनेमा जोड दिए ।

उनले हरित पूर्वाधारमा लगानी बढाउनका लागि अहिलेको अर्थतन्त्रको संरचनागत रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले ‘दिगो पूर्वाधार लगानी फोरम २०२२’ कार्यक्रम हरित पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउन सफल हुनेमा विश्वस्त रहेको पनि बताए ।

हरित अर्थतन्त्रको विकासका लागि हरित पूर्वाधारमा लगानी ल्याउँदा आउनसक्ने समस्या समाधानका लागि सरकार तयार रहेको देउवाको भनाइ छ । देउवाले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्ने उद्देश्यले लगानी बोर्डद्वारा ल्याइएको परियोजना बैंक निर्देशिका पनि सार्वजनिक गरेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार परियोजना विकासको कार्यान्वयनका हिसाबले लगानी बोर्डका लागि बितेको १० वर्ष फलदायी रहेको बताए । उनले यो अवधिमा ९ सय मेगावाटको अरुण–३ जलविद्युत परियोजना निर्माणमा प्रगति भएको बताए ।

अरुण-३ को प्रवर्द्धक सतलज विद्युत निगमले नै तल्लो अरुण जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन लागेको उनले बताए । ‘बितेको १ दशकमा लगानी बोर्डले उल्लेख्य काम गर्न सफल भएको छ,’ उनले भने, ‘यो अवधिमा बोर्ड मार्फत निजी लगानीमा ५ हजार मेगावाटका जलविद्युत परियोजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ ।’ उनले सिमेन्ट उद्योगहरूमा पनि ठूलो लगानी आएको बताए ।

लगानी बोर्डमार्फत कार्यान्वयन प्रक्रियामा गएका पूर्वाधार परियोजना सम्पन्न भई सञ्चालनमा आउँदा राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने पनि उनले बताए । भट्टले फोहोरलाई स्वच्छ ऊर्जामा परिणत गर्ने परियोजनामा पनि बोर्डले काम गरेको बताए ।


Read Previous

लगानी बाेर्डद्वारा परियोजना बैंक निर्देशिका सार्वजनिक,घरेलु तथा वाह्य लगानी आकर्षित हुने अपेक्षा

Read Next

अरुण-३ काे भाैतिक प्रगति ६२ प्रतिशत,लक्ष्य अगाडि नै विद्युत उत्पादनकाे तयारी

Leave a Reply

Your email address will not be published.