Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

कपन क्षेत्र डुवानको समस्या समाधान गर्न एकीकृत गुरुयोजना ल्याउँछौं : सहरी मन्त्री


काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले कपन–बुढानीलकण्ठ डुवानको समस्या समेत समाधान हुनेगरी छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताएका छन ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले आइतबार आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास हुने गरी अगाडी बढाउन नहुनेमा जोड दिए । ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ ।

त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ’ उनले भने । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुने उनको भनाइ छ ।
त्यस्तै, सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यान दिन सुझाए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको बताए ।

त्यसैगरी उनले आयोजनाको प्रस्तावित नाम धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र श्रोतको सुनिश्चतता अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सहरी विकासलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा प्रदेश सांसद कुशुम कुमार कार्की, न्हुछे नारायण श्रेष्ठ, विषय विज्ञ प्रा.डा. नरेन्द्र मान शाक्य, डा. संजय उप्रती, डा. भगवान रत्न कंसाकार, डा. जीवराज पोखरेल, पद्म सुन्दर जोशी, प्रकाश चन्द्र घिमिरे, डा. चिरन्जीवी भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन–बुढानिलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवी लगायत विभिन्न सरोकारवाला पक्षहरुसँग डुवान समस्या समाधानका लागि छलफल गरिएको थियो ।


Read Previous

देश विकास गर्न अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउनुपर्छः न्यायाधीश सिन्हा

Read Next

दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

Leave a Reply

Your email address will not be published.