Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

नेपाल पूर्वाधार सम्मेलनको चौंथो संस्करण सुरु


काठमाठौं । पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलनको चौंथो संस्करण राजधानीमा सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा २ दिने सम्मेलन सुरु भएको हो ।

शुक्रबारसम्म चल्ने सम्मेलनको चौंथो संस्करणको नारा ‘विकासका लागि पूर्वाधार’ (इन्फ्रास्ट्रक्चर फर ग्रोथ) दिइएको छ । सम्मेलनमा अहिले विभिन्न छलफल सत्रहरू चलिरहेका छन् ।

उद्योग परिसंघका अनुसार सम्मेलनमा २५ देशका प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनले हरित पूर्वाधारको विकासमा जोड दिएको छ ।
विश्वमा पुँजी अभाव र बढ्दो ब्याजदरका कारण पूर्वाधार क्षेत्रको विकासका लागि स्रोत परिचालन गर्न थप चुनौती थपिएकाले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वासमा लिई नवीन वित्तीय ढाँचामा लगानीबारे पनि सम्मेलनमा छलफल गरिने भएको छ ।

यसअघि सन् २०१४ मा पहिलो, २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो पूर्वाधार सम्मेलन आयोजना गरिएको थियो । सन् २०२१ मा नै चौंथो संस्करणको सम्मेलन आयोजना गर्नुपर्ने भए पनि कोडि–१९ महामारीका कारण केही ढिलो गरी सन् २०२२ मा आयोजना आयोजना गरिएको हो ।


Read Previous

सरकारकै कारण मासिँदै छन् जलाशय जलविद्युत परियोजना

Read Next

नेपाल पूर्वाधार सम्मेलन २०२२: पूर्वाधार विकासमा निजी लगानी ल्याउन नीतिगत सुधार आवश्यक

Leave a Reply

Your email address will not be published.