Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

लक्ष्यभन्दा साढे ३ वर्ष ढिलो गरी दोर्दी खोलाबाट विद्युत उत्पादन,२७ मेगावाट प्रणालीमा थप


काठमाडौं । लमजुङस्थित २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । हिमालयन पावर पार्टनर कम्पनीले जिल्लाको दोर्दी गाउँपालिकामा निर्माण गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

यो आयोजनाको विद्युत यसअघि नै सम्पन्न भई प्रसारण प्रणालीमा आइसक्नु पर्ने भए पनि प्रसारण लाइनको समस्याका कारण लक्ष्यभन्दा ढिलो गरी उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत मर्स्याङ्दी कोरिडोरको ६ किलोमिटर प्रसारण लाइन उपयोग गरी मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्याइएको छ ।

आयोजनाको निर्माण २०७२ फागुनदेखि सुरु गरिएको थियो । विविध कारणले ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट काम सुरु भएको साढे ६ वर्षपछि विद्युत उत्पादन गर्न सम्भव भएको हो ।

आयोजनाले अबको २ सातासम्म परीक्षण उत्पादन गर्नेछ । परीक्षणको चरण पूरा भएपछि व्यापारिक विद्युत उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ ।

यो आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएन) तथा आइएमई समूहले स्वपुँजी लगानी गरेको छ । स्वपुँजी लगानीको ३५.७ प्रतिशत गैरआवासीय नेपाली, आइएमई समूहको ३४.३ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी छ ।

आयोजना सम्पन्न हुँदा ५ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । सुरुवातमा करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएकोमा विविध कारणले आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि बढेको कम्पनीले जनाएको छ ।

यो आयोजनाले उत्पादन गरेको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्ने गरी नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवद्र्धक कम्पनीबीच २०६९ सालमा पिपिए भएको थियो ।

दोर्दी कोरिडोरमा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजना पनि विद्युत उत्पादनको चरणमा पुग्दैछन् ।


Read Previous

संयुक्त पश्चिम सेतीको जिम्मा लिएको दुई सातामै भारतीय कम्पनीद्वारा बिजुली बिक्रीका लागि समझदारी

Read Next

व्यवस्थित सहर कागजमा मात्रै,नीति कार्यान्वयन फितलो

Leave a Reply

Your email address will not be published.