Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पुँजीगत खर्च नहुनु राष्ट्रिय अर्थतन्त्रका लागि घातकः अर्थविद


काठमाडौं । सरकारले हरेक वर्ष पुँजीगत खर्च गर्न नसक्दाको नकारात्मक असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने अर्थविदहरूले बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन) ले शुक्रबार राजधानीमा आयोजना गरेको ‘पुँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक बहस श्रृङ्खला–१ मा सहभागी अर्थविदहरूले यस्तो बताएका हुन् ।

उनीहरूले सरकारले हरेक आर्थिक वर्षमा विनियोजन गर्ने बजेट पुँजीगत र चालू खर्चमा वर्गीकरण गरे पनि पुँजीगत खर्च न्युन हुनले आर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताए । पूर्व अर्थमन्त्री तथा पूर्व गर्भनर युवराज खतिवडाले आर्थिक वर्षको अन्त्यतिर मात्रै विनियोजित कूल पुँजीगत बजेटको ६० खर्च हुन असन्तुलित भएको बताए ।

‘पहिलो त्रैमासिकसम्म पुँजीगत खर्च नै हुँदैन,’ उनले भने, ‘आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च भएको देखिन्छ । यसले अर्थतन्त्रलाई दुर्घटनामा लैजान्छ । आर्थिक वर्षभरमा पुँजीगत खर्च शतप्रतिशत खर्च गर्ने काम हुनुपर्छ ।’ उनले पूर्वाधार परियोजनाको काम प्रभावित हुँदा पुँजीगत खर्च खुम्चिएको बताए ।

पूर्वाधार विज्ञ सूर्यराज आचार्यले पुँजीगत खर्च बढाउन संघदेखि स्थानीय क्षेत्रको विकास कार्यक्रमका लागि समन्वय हुनुपर्ने बताए । उनले अर्थतन्त्र बलियो बनाउन पूर्वाधार लगानी र आर्थिक विकासलाई सँगसँगै लिएर हिड्नु पर्नेमा जोड दिए ।

उनले अर्थतन्त्र सुधारका लागि अन्तर्राष्ट्रि अनुभवलाई पनि अनुसरण गर्न सकिने बताए । ‘देशको अर्थतन्त्रको दीर्घकालिन सुधारका लागि उनले अर्थतन्त्रको दीर्घकालिन सुधारका लागि राज्यले आधारभुत सेवाको गुणस्तरमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘वस्तु तथा सामानको उत्पादन लागत घटाउनु पर्छ ।’

उनले देशको अर्थतन्त्र बलियो हुँदै जँदा देशमा रोजगारीको अवसर सृजना हुने पनि उनले बताए । राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुँजीगत खर्च बढाउन योजना तथा परियोजनाको तयारी, खरिद प्रक्रिया, निर्माण, वित्तीय व्यवस्थापन, कोष व्यवस्थापनमा चुनौती रहेको बताए ।

उनले ठूला साना परियोजना अगाडि बढाउँदा दक्ष जनशक्ति व्यवस्थापन, समन्वय सहजीकरण, अनुगमन तथा मुल्याङ्कन कार्यमा आउने चुनौतीले पनि पुँजीगत खर्च राम्ररी हुन नसकेको बताए । उद्योग, कृषि स्वास्थ्य, यातायात, शिक्षा, सञ्चार, ऊर्जा लगायत क्षेत्रको विकासमा पुँजीगत खर्चको भूमिका हुने हुँदा यी क्षेत्रमा पूर्वाधार परियोजना निर्माणलाई गति दिनुपर्ने उनको भनाइ छ ।


Read Previous

तीन दशक बित्दा पनि अझै अलमलमा पीपीपी

Read Next

नेपालकै पहिलो नविकरणीय ऊर्जा गाउँमा नौ वर्षमै ‘धिपधिप’

Leave a Reply

Your email address will not be published. Required fields are marked *