Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक प्रसारण लाइन निर्माण हुने

132 KV Transmission Line

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काबेली र कोसी कोरिडोरलाई जोड्न २ प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले ताप्लेजुङ, पाँचथर र इलाममा संरचना रहने गरी अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण गर्न लागेको हो ।

प्राधिकरणले यी प्रसारण लाइन आयोजना निर्माणको अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । सबै प्रक्रिया पुर्याएर आवेदन आएकाले प्राधिकरणलाई अनुमतिपत्र दिने तयारी विभागले गरेको छ ।

विभागले यी प्रसारण लाइन आयोजनाको अनुमतिपत्र दिनुअघि ३५ दिने सूचना जारी गरी सम्बन्धित सरोकारवालासँग लिखित राय तथा सुझाव मागेको छ । विभागका अनुसार सम्बन्धित सरोकारवालाले प्रसारण लाइन आयोजना निर्माण गर्दा कुनै प्रकारको प्रतिकुल प्रभाव पर्न सक्ने अवस्था देखिएमा अबको ३५ दिनभित्र प्राप्त हुने गरी लिखित राय तथा सुझाव पठाउनु पर्नेछ ।

अमरपुर–ढुंगेसाँघु प्रसारण लाइन पाँचथरको हलिहाङ गाउँपालिकास्थित प्राधिकरणको काबेली कोरिडोर प्रसारण लाइन अन्तर्गत निर्माण भएको अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मेवाखोला गाउँपालिकास्थित कोसी कोरिडोर प्रसारण लाइनको २२०/१३२ केभी ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गरिनेछ ।

यो प्रसारण लाइन २० किलोमिटर लामो हुनेछ । यो प्रसारण लाइन निर्माण हुँदा २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने अध्ययनले देखाएको छ । प्रसारण लाइनको रुटमा ७३ वटा टावर निर्माण हुनेछन् ।

प्रसारण लाइन निर्माणका लागि कूल ३४.४३ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसमा प्रसारण लाइनको टावर फाउन्डेसनका लागि मात्र ०.७३ हेक्टर जग्गा आवश्यक पर्ने देखिन्छ । बाँकी ३३.७० हेक्टर जग्गा प्रसारण लाइनको तारमुनिको जग्गा हुनेछ ।

प्राधिकरणले निर्माण सुरु गरेको ३२ महिनाभित्र यो प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्नुपर्ने तालिका विभागले दिएको छ । यो प्रसारण लाइन निर्माण हुँदा काबेली र कोसी कोरिडोर एक आपसमा जोडिन गई प्रसारण सञ्चालन तयार हुनेछ ।

यस्तै, गोदक–सोयाक प्रसारण लाइन इलाम नगरपालिका–१० स्थित काबेली कोरिडोरको गोदक सबस्टेसनदेखि सोही नगरपालिका–११ को सोयाकसम्म निर्माण हुनेछ । यो प्रसारण लाइन करिब ६.५६ किलोमिटर लामो हुने अध्ययनले देखाएको छ ।

यो प्रसारण लाइन निर्माण हुँदा पनि २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइनको रुटमा २६ वटा टावर निर्माण हुनेछन् । यो प्रसारण लाइन आयोजनाका लागि १३.०५ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

प्राधिकरणले निर्माण सुरु भएको २८ महिनाभित्रमा यो प्रसारण लाइन सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्नेछ । यी प्रसारण लाइन निर्माण हुँदा प्रदेश–१ का पहाडी जिल्लामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने पूर्वाधार तयार हुनेछ ।


Read Previous

खानेपानी र सरसफाई सुधारका लागि विश्व बैंकले १० अर्ब रुपैयाँ ऋण सहयोग गर्ने

Read Next

वितरण केन्द्र स्थापनापछि सुनापति क्षेत्रका ५ हजार ग्राहकलाई सुविधा

Leave a Reply

Your email address will not be published.