Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको चौंथो संस्करणको हिमालयन हाइड्र एक्स्पो २०२४ को औपचारिक उद्घाटन बिहीबार हुने भएको छ । बुधबारबाटै एक्स्पोको शुभारम्भ भइसकेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै औपचारिक उद्घाटन गर्ने भएका हुन् ।

राष्ट्रपति पौडेलको कार्य व्यस्थताका कारण दोस्रो दिनका लागि औपचारिक उद्घाटन सत्र राखिएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले बताए ।

इपान महासचिव बलराम खतिवडाले एक्पोको पहिलो दिन सर्वसाधारणको राम्रो सहभागिता देखिएको बताए । उनले ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजार बढीले अवलोकन गर्ने लक्ष्इ राखिएको बताए ।

एक्स्पोको पहिलो दिन ३ वटा प्राविधिक सत्रहरू सम्पन्न भएका छन् । एक्स्पोमा राखिएका स्टलहरूमा दर्शकको घुईंचो लागेको छ । एक्स्पोमा १२ देशका १ सय भन्दा बढी स्टलहरू राखिएको छ ।

विशेष गरी काठमाडौं विश्व विद्यालयको ग्रीन हाइड्रोजन स्टलमा अवलोकनकर्ताको भीड लागेको छ । जलविद्युत आयोजना निर्माणमा उपयोग हुने उपकरण, ठूला मेसिनका स्टलमा पनि प्रवद्र्धक तथा अवलोकनकर्ताको भीड लागेको छ । बुधबारबाट सुरु भएकाे एक्स्पाे शुक्रबार सकिनेछ ।


Read Previous

ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै   

Read Next

भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने   

Leave a Reply

Your email address will not be published.