Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई


काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले स्याङ्जामा सञ्चालन गरिरहेको ९.४ मेगावाटको आँधीखोला जलविद्युत केन्द्रको स्थानीय क्षेत्रमा वितरण हुँदै आएको विद्युतको नयाँ महसुल दर निर्धारण गर्न शुक्रबार  (बैशाख १४ गते) सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले बिपिसीले नै आफैँ उत्पादन गरी जिल्लामा वितरण गर्दै आएको विद्युतको नयाँ महसुल निर्धारण गर्न गरेको प्रस्तावित दरका सम्बन्धमा सम्बन्धि सरोकारवालासँग सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ बमोजिम सम्बन्धित सरोकारवालाहरूसँग राय, सुझाव तथा प्रतिक्रिया लिनका लागि सार्वजनिक सुनुवाई आयोजना गर्न लागेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम स्याङ्जाको पुतलीबजारस्थित सिटी हलमा दिउँसो १ देखि ३ बजेसम्म हुनेछ ।आयोगले बिपिसीले प्रस्ताव गरेको विद्युत महसुल दरका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया दिनका लागि सार्वजनिक कार्यक्रममा उपस्थित हुन सबै सरोकारवाला समक्ष अनुरोध गरेको छ ।

बिपिसीले आँधीखाेला वितरण केन्द्रकाे विद्युत सेवा उपयाेग गर्ने सबै वर्गका ग्राहकका लागि विद्युत महसुल बढाएर समायाेजन गर्न आयाेग समक्ष प्रस्ताव गरेकाे छ । आयाेगले सार्वजनिक सुनुवाइपछि नै सराेकारवालाकाे राय, सुझाव तथा प्रतिक्रियाका आधारमा आँधीखाेलाकाे नयाँ विद्युत महसुल दर निर्धारण गर्नेछ ।

बिपिसीले स्याङ्जा तथा प्युठानमा सञ्चालित  आँधीखाेला र झिम्ररुक जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत आफैँ स्थानीय क्षेत्रमा वितरण गर्दै आएकाे छ । खपत हुन नसकेर बढी भएकाे विद्युत मात्रै नेपाल विद्युत प्राधिकरणकाे प्रसारण प्रणालीमा जाेडिने गरेकाे छ ।


Read Previous

‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’

Read Next

हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

Leave a Reply

Your email address will not be published.