Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

युवा उद्यमी मञ्चले नेपाल स्टाटअफ फेष्ट आयोजना गर्ने


काठमाडौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) ले आगामी असार ११ गते शनिबार सीएनआइवार्ईईएफ नेपाल स्टाटअफ फेष्ट २०२२ आयोजना गर्ने भएको छ ।
राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा सो फेष्ट आयोजना गर्न लागेको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि हामीले रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेका छौं । व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने हाम्रो अभियान छ ।

फेष्टका लागि स्टार्टअप्सले लगानी लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आबेदन पेश गर्न २७ जेठ सम्मको समय अबधि तोकिएकोमा देशभरबाट तीन सय बढी परियोजना प्रस्ताव आएको थियो । समध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिइनेछ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले जानकारी दिइन । यो कार्यक्रबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ ।

युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवाहरुलाई थप प्रोत्साहन गर्न फेष्ट आयोजना गर्न लागिएको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए ।


Read Previous

२० युवा उद्यमीद्धारासूचना प्रविधिसहितका नवीनतम उद्यम योजना प्रस्तुत

Read Next

रुख कटानको अनुमतिपछि कोहलपुर–सुर्खेत प्रसारण लाइनको वन क्षेत्रमा काम अघि बढाउन बाटो खुल्यो

Leave a Reply

Your email address will not be published.