Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

काँकडभिट्टा इनरुवा रेलमार्गको जग्गा अधिग्रहन गर्न २५ अर्ब आवश्यक, रेल विभागसँग १ अर्ब ६३ करोड मात्र


काठमाडौं । पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काकडभिट्टादेखि इनरुवासम्मको १०६ किलोमिटर ट्र्याक बेड (लिक राख्नुअधिको काम) निर्माणको लागि जग्गा प्राप्तिका काम ठप्प भएको छ । त्यस खण्डमा ट्र्याक निर्माणको लागि ६ सय ५ हेक्टर जग्गा अधिग्रहन गर्नुपर्नेछ । तर, जग्गा अधिग्रहनको लागि बजेटको अभाव हुँदा काम टप्प हुन पुगेको हो ।

रेल विभागले अधिग्रहनमा पर्ने घर जग्गा रोक्का राखिसकेको छ । विभागका महानिर्देशक दीपक कुमार भट्टराईका अनुसार मुआब्जा निर्धारणको लागि पूर्व तयारीको काम समेत सकिएको छ । तर बजेटको अभावले गर्दा मुआब्जा निर्धारण र थप काम गर्न नसकेको जानकारी दिए ।

विभागका अनुसार आवश्यक जग्गा प्राप्त गर्नको लागि २५ अर्ब रुपैयाँ आावश्यक पर्ने देखिएको छ । तर, विभागसँग जग्गा प्राप्त भनेर उपलब्ध रकम १ अर्ब ६३ करोड रुपैयाँ मात्र रहेको महानिर्देशक भट्टराईले जानकारी दिए । विभागले पटक पटक भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयमा बजेट दिने सुनिश्चितता गर्न लेखी पठाएको छ । ‘बजेटको सुनिश्चितता नभइ काम थाल्न सकिएन’ मंगलबार संसदको विकास तथा प्रविधि समितिमा भने ।

आगामी आर्थिक वर्षको लागि पनि सरकारले रेल तथा मेट्रोरेल आयोजनाको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यो सबै रकम काकडभिट्टादेखि इनरुवासम्मको जग्गा प्राप्तिको लागि प्रयोग गर्ने हो भने पनि अपुग हुने अवस्था छ ।


Read Previous

काठमाडौं उपत्यकामा माेनोरेल र केबलकार सञ्चालन असम्भवः पूर्वाधार मन्त्री

Read Next

तारा एयरको जहाज दुर्घटना पश्चात नेपाली सेना परिचालित भई संचालन गरेका खोज तथा उद्धार कार्य (फाेटाे फिचर)

Leave a Reply

Your email address will not be published.