Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

थ्रीफेज विद्युत मिटर लिन अनलाइनबाटै आवेदन दिन सकिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ग्राहकले तल्लो तथा माथिल्लो भोल्टेज स्तरको थ्रीफेज विद्युत मिटर लिन अब अनलाइबाटै आवेदन दिन सक्ने भएका छन् । प्राधिकरणले थ्रीफेजका ग्राहकलाई सहजरूपमा सेवा दिने उद्देश्यले अनलाइनबाट आवेदन दिन मिल्ने व्यवस्था गरेको हो ।

थ्रीफेज मिटरबाट विद्युत आपूर्ति लिन चाहाने ग्राहकले आफ्नो वेबसाइट (www.nea.org.np) मा उपलब्ध अनलाइन आवेदनमा आवश्यक विवरण भरेर पेश गर्न सक्ने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयले सार्वजनिक सूचना जारी गरी अब कार्यालयमा नधाई अनलाइन आवेदनमा विवरण भरेर थ्रीफेज मिटर लिन आग्रह समेत गरेको छ ।

अनलाइन आवेदन फारम भर्ने ग्राहकले आफ्नो आवेदनको कार्यान्वयन प्रक्रिया कुन चरणमा पुगेको छ ? पेश भएका विवरण पूर्ण छन् वा छैनन् तथा आवेदन कहिलेसम्ममा स्वीकृत हुन्छ भन्ने लगायत जानकारी समेत अनलाइनबाट नै लिन सकिने सूचनामा भनिएको छ ।

यसअघिसम्म तल्लो तथा माथिल्लो भोल्टेज स्तरको थ्रीफेज विद्युत मिटर लिने ग्राहकले प्राधिकरण कार्यालयमै गएर आवेदन पेश गर्नुपर्ने व्यवस्था मात्रै थियो । प्राधिकरणका वितरण केन्द्रहरूमार्फत थ्रीफेज विद्युत मिटर लिने ग्राहकसँग कर्मचारीले घुस लिने गरेका घटना पनि बेला–बेलामा सार्वजनिक हुँदै आएका थिए ।


Read Previous

साँघुरो घेराभित्र अलमलिएको हाम्रो बजेट

Read Next

पूर्ण विद्युतीकरण भइसक्नुपर्ने बेलामा फेरि २ वर्षमा सम्पन्न गर्ने अर्को घोषणा

Leave a Reply

Your email address will not be published.