Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

विदेशी लगानीकर्ताको सहजीकरणका लागि नबिल बैंक र बोर्डबीच समझदारी


काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्ताका लागि सहजीकरण तथा प्रवर्द्धन गर्न लगानी बोर्डसँग समझदारी गरेको छ । बैंकले लगानी ल्याउन इच्छुक विदेशीलाई वित्तीय सल्लाह एवं सेवा दिन तथा नेपालमा लगानीका अवसरहरू देखाउन बोर्डको कार्यालयसँग समझदारी गरेको हो ।

समझदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्न प्रोत्साहन गर्न बैंक र बोर्डबीच सहकार्य हुनेछ । साथै, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न तथा प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिताका लागि पनि बोर्डसँग सहकार्य हुने बैंकले जनाएको छ ।

नेपालको अग्र स्थानको बैंकले पुर्वाधार विकासमा विगत ३७ बर्ष देखि नै योगदान गर्दै आईरहेको छ । लगानी बोर्डको कार्यालयले पनि विगत १० बर्षदेखि नै सकृयता देखाउँदै आएको छ । जसलाई सरकारले पनि अवसरको रूपमा प्रवर्द्धन गर्दै आइरहेको छ ।

बोर्डसँग भएको समझदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी देशको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा अन्य पुर्वाधार सम्बन्धि कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न टेवा पुग्ने बैंकले जनाएको छ ।

विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्त्पूर्ण भूमिका रहेका कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएकाे भट्टले बताए । त्यसैगरी, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए ।

लगानी बोर्ड नेपाल जस्तो संस्थासँग जोडिन पाउँदा गौरब लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकले सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभरमा १ सय ५० शाखा, १ सय ८७ एटिएम र १ हजार ५ सय भन्दा बढी रेमिट एजेन्टहरू छन् । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्दै आइरहेको छ ।


Read Previous

११०० रुपैयाँमै वल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

Read Next

रुफटपको सौर्य विद्युतकाे नेट मिटरिङ गर्न आवश्यकः विज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *