Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा


काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएको देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । नेपाल एयरलाइन्सको न्यारो बडी विमानलाई विमानस्थलमा अवतरण गरेर सञ्चालन थालनी गरेको हो । यस विमानस्थल सञ्चालनमार्फत देशको अर्थतन्त्र, यात्रुहरुको आवागमन, व्यापार र पर्यटन विस्तारमा ठूलो टेवा पुग्ने अपेक्षा छ ।

विमानस्थल निर्माणका काम पूरा गरी फागुन २०७८ मा क्यालिब्रेसन उडान र १५ बैशाख २०७९ मा नेपाल एयरलाइन्सको वाइबडीमार्फत परीक्षण उडानसमेत सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपालमा यसअघि ७२ वर्ष पहिले सन् १९५१ मा पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।

सोमबार विहान एक समारोहका बीच प्रधानमन्त्री शेर बहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भैरहवामा विमानस्थलको उद्घाटन गरे । समारोहमा प्रधानमन्त्री देउवाले २५६६ औं बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मभूमिमा देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न पाउँदा गौरव लागेको बताए । ‘आजको दिन नागरिक उड्डयन क्षेत्रको विकास लागि ऐतिहासिक महत्व राख्ने विशेष दिन हो’ उनले भने ।

यस विमानस्थलको निमाणर्बाट लुम्बिनी प्रदेशको मात्र नभइ देशकै विकास र समृद्धिमा दूरगामी र सकारात्मक योगादन पुग्ने प्रधानमन्त्री देउवाको भनाइ छ । विमानस्थलको सञ्चालनबाट गौतमबुद्धको जन्मभूमि विश्वभर थप परिचित गराउन साथै यस क्षेत्रको धार्मिक र सास्कृतिक पर्यटन प्रवद्धन गर्न ठोस सहयोग पुग्नेछ ।

हवाई सेवा क्षेत्रले मुलुकको आर्थिक विकास तथा आय र रोजगारी सिर्जनामा अभूतपूर्व योगदान पुर्‍याएको छ । यसलाई समयसँगै थप खुला, पारदर्शी, प्रतिस्पर्धी, गुणस्तरीय र ग्राहकमैत्री बनाउदै लैजाने सरकारको नीति रहेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई हब बनाइ उडान भर्न पनि वायु सेवा कम्पनीलाई अनुरोध गरे । समारोहमा प्रधानमन्त्री देउवाले विमानस्थलको सफल सञ्चालनको लागि नेपाल प्रवेश गर्ने सहज मार्गहरूको विस्तारका लागि भारतसँग आवश्यक समन्वय र सहकार्य भइरहको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिरहेको हवाइ चापको सम्बोधन हुनेछ । यसको साथै अन्तर्राष्ट्रिय उडानको लागि काठमाडौं आइपुग्नुपर्ने बाध्यताको समेत अन्त्य भइ नेपालको हवाइ सेवा नयाँ युगमा प्रवेश गरेको छ । उद्घाटन समारोहमा पर्यटन मन्त्री प्रेम आले, नेपाल नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलगायतको सहभागीता रहेको थियो ।

यस विमानस्थल सञ्चालनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकिय पूर्वाधार निर्माण, बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार र यातयात तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ ।

तोकिएको समयावधीभन्दा ४ वर्ष ढिलो गरी सञ्चालन

राष्ट्रिय गौरवको आयोजनाको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएको थियो । आयोजना निर्माणको तयारी २०७३ देखि नै थालिएको भए पनि रेखांकन संसोधन गरेर पछिल्लो पटक तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा शिलान्यास गरेका थिए । त्यसको ३ वर्ष (माघ २०७४) भित्र निर्माण सम्पन्न २०७५ सालभित्रै सञ्चालनमा ल्याउन तयारी थियो ।

महाभूकम्प, भारतले लगाएको नाकाबन्दी, कोभिड १९ र निर्माण समाग्रीको उपलब्धता समयमा निर्माण सम्पन्न नभएको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । यसरी तोकिएको समयभन्दा करिब ४ वर्ष ढिला गरी विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थल निर्माणको लागत ३० अर्ब रुपैयाँभन्दा धेरै छ ।

जजिरा एयरलाइन्सले गर्यो पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

सातामा ३ वटा उडान गर्ने गरी जजिरा एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (२ जेठ) देखि उडान थालेको छ । यो नै पहिलो व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हो । जजिरा एयरको विमान विहान ७ बजेर ८ मिनेट जाँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । विमानलाई पानीको फोहोराले स्वागत गरियो ।

अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न १ वर्षसम्म विमानस्थल सेवा शुल्क छुट

नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थल सेवा शुल्कवापत लाग्ने सबै प्रकारका शुल्क छुट दिन मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । विमानस्थलको प्रचार गर्न र विमान कम्पनीलाई लोभ्याउन विमानस्थल सेवा शुल्क नियमावली २०७८ ले व्यवस्था गरेको शुल्कमा छुट दिन प्रस्ताव गरिएको हो ।


Read Previous

जलविद्युत आयोजनामा क्यू-४० को प्रावधान हटाउने तयारी

Read Next

आयकर छुटको दायरा वृद्धिदेखि एकल पुरुषलाई भत्ता दिनुपर्ने सम्मका व्यवस्था गर्न देशभरबाट अर्थ मन्त्रीलाई सुझाव

Leave a Reply

Your email address will not be published.