Nepal Purbadhar

वाईफाई नेपालद्वारा अमरसिंह माविलाई खेलकुद सामग्री हस्तान्तरण

न्तर्गत पोखरास्थित श्री अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै नेपाली क्रिकेट टिमा पूर्व कप्तान पारस खड्का।


पोखरा। इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पोखरास्थित श्री अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, अनुशासनको भावना विकास गर्ने तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको विशेष उपस्थिति रहेको थियो। सार्वजनिक बिदाका दिन आयोजना गरिएको कार्यक्रममा आफ्ना प्रिय क्रिकेटरलाई भेट्न तथा उनका प्रेरणादायी अनुभव सुन्न विद्यार्थी, शिक्षक र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यार्थीहरूलाई सम्बोधन गर्दै पारस खड्काले वाईफाई नेपालको सामाजिक उत्तरदायित्वअन्तर्गतको अभियानमा सहभागी हुन पाएकोमा खुसी लागेको बताए। उनले शिक्षा र खेलकुद दुवै विद्यार्थीको समग्र विकासका लागि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पढाइ र खेलकुदबीच सन्तुलन कायम गर्न आग्रह गरे। यस्ता सामाजिक अभियान देशभर विस्तार हुन आवश्यक रहेकोमा पनि उनले जोड दिए।

कार्यक्रममा वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले विद्यालयलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए। उनले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क निर्माणका लागि शिक्षा र खेलकुद दुवै अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा देशका अन्य विद्यालय तथा समुदायमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम विस्तार गरिने जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले वाईफाई नेपालप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। हस्तान्तरण गरिएका खेलकुद सामग्रीको प्रभावकारी उपयोग गरिने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, स्थानीय समुदाय तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै वाईफाई नेपालले आगामी दिनमा पनि शिक्षा, खेलकुद र सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, देशभर गुणस्तरीय इन्टरनेट सेवा तथा डिजिटल पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।


Read Previous

राजस्व चुहावट नियन्त्रण र कर सहुलियत: कृषि उद्योगदेखि अपाङ्गता सामग्रीसम्म छुट व्यवस्था

Read Next

हुवावे नेपालको मिनी एमडब्ल्यूसी २०२६ सम्पन्न, ‘एज अफ अल इन्टेलिजेन्स’लाई अघि बढाउने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar