Nepal Purbadhar

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि किन्न पाइने


काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ, जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ । यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन् ।

नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको   कम्पनी दाबी छ । यमाहाका अनुसार ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सक्नेछन् ।

दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ । यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन् । यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्‍याउँछ ।

सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुन्छ । सस्तो वा नक्कली पार्ट प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्‍याउने सम्भावना बढी हुन्छ । अब दराजमा यामाहाका १००% असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्नेछन् ।

दराजमार्फत देशभरि डेलिभरी सेवा पनि उपलब्ध  छ। शहर बजारमा बस्ने हुन् वा दुर्गम गाउँमा बस्ने उपभोक्ता हुन्, जसलाई जहाँबाट पनि आवश्यक पार्टहरू सजिलै उपलब्ध हुनेछन् । तत्काल चेन्ज गर्नु पर्ने वा नियमित मर्मतसम्भार गर्नुपर्ने आकस्मिक आवश्यकताका बेलामा यो सेवा झन् उपयोगी हुनेछ ।

पूरा प्रक्रिया सहज र प्रयोगकर्तामैत्री बनाइएको छ । कुन पार्ट चाहिएको हो खोज्ने, त्यस सम्बन्धि विवरण हेर्ने अनि अर्डर गर्ने सबै प्रक्रिया सरल छ । सुरक्षित अनलाइन भुक्तानी, अर्डर ट्र्याकिङ र समयमै डेलिभरीले गर्दा ग्राहकलाई आत्मविश्वासका साथ सेवा लिन सजिलो भएको छ । यसरी यामाहाले आफनो आफ्टर सेल्स सर्भिसलाई अझ छिटो, आधुनिक र भरपर्दो डिजिटल युगमा प्रवेश गराएको छ ।


Read Previous

सेबोनले आइपिओ निष्कासनमा ‘घुस’ मागेपछि ऊर्जा प्रवर्धकको बैठक, दबाब दिनेदेखि अख्तियार जानेसम्मको योजना

Read Next

भारतले पाकिस्तानमा मिसाईल हान्यो, दुई देशबिच थप तनाव बढ्यो