
नेपाली बजारमा सोमबार आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ।

सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको एक व्यवसायीले बताए, त्यो सँगै कतिपय मानिस सुन बिक्रीको लागि पनि आउने गरेको उनले सुनाए । तस्बिरमा न्यूरोड क्षेत्रको सुन पसलमा:
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

