Nepal Purbadhar

शुक्रबार, साउन ४, २०८१
Friday, July 19, 2024

शुक्रबार, साउन ४, २०८१
Friday, July 19, 2024

वर्षाले अवरूद्ध रारा विमानस्थलबाट ७ दिनपछि हवाइ उडान सुचारु


मुगु । मुगुस्थित रारा विमानस्थलमा  हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण ७ दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो ।

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो ।

“गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । ७ दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल  मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो”, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।


Read Previous

जलस्रोत विधेयक २०८१, दफावार छलफलका लागि समितिमा   

Read Next

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण   

Leave a Reply

Your email address will not be published. Required fields are marked *