Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

जलस्रोत विधेयक-२०८१ संसदमा पेश    


काठमाडौं । सरकारले जलस्रोत विधेयक-२०८१ संसदमा पेश  गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छलफलका लागि विधेयक शुक्रबारकाे प्रतिनिधिसभा संसद बैठकमा पेश गरेकी हुन् ।

मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले विधेयक छलफलका लागि संसदमा पेश गरिएकाे बताइन् ।

“जलस्रोत क्षेत्रको विकासमा जलस्रोत ऐन २०४९ उल्लेखनीय कानुनको रुपमा रहेको छ, हाल सरकारले पेश गरेको ऐनको कार्यान्वयनपश्चात् जलस्रोत विकास एवं व्यवस्थापन गर्ने कार्य एवं प्रक्रियालाई सुदृढ तथा आधुनिकीकरण गर्न सघाउ पुग्नेछ”, उनले भनिन् ।

उनले जलस्रोतको उपयोग, विकास र संरक्षणमार्फत समग्र राष्ट्रको विकासमा बहुआयामिक सोचमार्फत जलस्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएकाे बताइन् ।


Read Previous

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन   

Read Next

विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *