Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

मुग्लिन-पोखरा सडक विस्तारः १३ वटा पुल सम्पन्न, एघार निर्माणाधीन   


बैशाख । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् ।

तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर र पश्चिम खण्डको ३८.८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ ।

यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र ९ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ ।

त्यसैगरी, पश्चिम खण्डमा करिब २ हजार २ सय विद्युत् पोल हटाउनुपर्नेमध्ये करिब ५० प्रतिशत हटाइएको छ । यो खण्डमा ११ किमी सडक कालोपत्र गरिसकिएको छ ।

यस खण्डमा हालसम्म करिब २३ प्रतिशत कार्यप्रगति भइसकेको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । राजमार्गका दायाँ बायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ । तनहुँको खैरेनीटारबाट कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी छ”, इन्जिनियर पौडेल भने ।


Read Previous

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण   

Read Next

मुस्ताङको चराङ-छोसेर सडक निर्माण अलपत्र    

Leave a Reply

Your email address will not be published.