Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   


ताप्लेजुङ । ताप्लेजुङ जिल्ला विद्युत उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् ।

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट १६५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १७८.४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।

यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले ९ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४.६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।


Read Previous

भूमिगत वितरण लाइनकाे तार पड्किएपछि माडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध   

Read Next

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी

Leave a Reply

Your email address will not be published.