Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ पूरा   


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको ब्रेक थ्रु भएको हो ।

आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने १.९ किलाेमिटर लामो सुरुङ छेडिएको जानकारी दिए । “अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने १.८ किलाेमिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो”, उनले भने, “बाँधदेखि विद्युत्गृहमा पानी लैजान ५.३२८ किलाेमिटर लामो सुरुङ खनेर पूरा भएको छ ।”

सुरुङ छेडिएपछि प्रवर्द्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन् ।३ वर्षअघि ४ ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो । बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ ।

मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने ९ सय मिटर पाइप लाइन जडान भइरहेको छ । ३ सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युत्गृहको उचाइ ३५० मिटर छ । विद्युतगृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ ।

तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाट राहुघाटको विद्युतगृह नजिकै बगरखोलाको पानी मिसाएर ४८.५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ ।

१४ अर्ब रुपैयाँ लागतमा २०७७ मा निर्माण सुरु भएका दुईवटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले बताए । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको ४.९ किलाेमिटर लामो सुरुङ ६ महिनाअघि निर्माण भएको थियो ।

अपर राहुघाटको विद्युतगृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । राहुघाट मंगलेबाट सन् २०२४ को डिसेम्बर र अपर राहुघाटबाट जुन महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा-३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म २२० केभी  १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ । राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ ।


Read Previous

३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   

Read Next

भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

Leave a Reply

Your email address will not be published.