Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु


कैलाली । आगलागीका कारण बन्द भएको कर्णालीको पुलबाट  यातायात आवागमन सुचारु भएकाे छ । विज्ञ प्राविधिक टाेलीकाे परीक्षणपछि साेमबारदेखि पुलबाट यातायात आवागमन सुचारु गरिएकाे हाे ।

पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले यातायातका साधन सञ्चालनको अनुमति दिएकाे नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले बताए । उनका अनुसार सबै प्रकारका यातायातका साधन सञ्चालन खुल्ला गरिएकाे छ ।

गत सोमबार गुडिरहेकाे ट्रकमा लागेकाे  आगो पुलमा पनि सल्किएपछि यातायात आवागमन बन्द गरिएकाे थियाे  । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।


Read Previous

अस्पताल भवन निर्माण ढिलाइले सेवा प्रभावित   

Read Next

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

Leave a Reply

Your email address will not be published.