Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचकाे पर्खाइमा ताप्लेजुङकाे मामाङ्खे गाउँ   


फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ र ६ का गाउँ विद्युत बिहिन भएको २ वर्ष भइसक्दा पनि राष्ट्रिय प्रसारण लाइनकाे विद्युत पहुँच पुग्न सकेकाे छैन । गाउँमा सञ्चालित लघु जलविद्युत आयाेजनाकाे विद्युतगृह पहिराले बगाएसँगै स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएको हुन् ।

गाउँमा भएकाे लघु जलविद्युत आयाेजनाकाे विद्युतगृह नै बगाएपछि नभएसँगै अहिले राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुँचकाे पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताए । विद्यत्गृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो ।

उनका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन् । केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईलले बताए ।

गत २०७९ साल असार २ गते रात अविरल वर्षासँगै गएको पहिराले विद्युत्गृह बगाएको सिरिजङ्गा –६ मामाङ्खेका वडाध्यक्ष शुक्रराज माबोले बताए । उनका अनुसार खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजङ्गा –५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएको थियो ।

पहिराले लघु जलविद्युत्गृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लुघजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरूपमा विस्थपित हुन पुगेका थिए ।

पहिराले विद्युत्गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको मामाङ्खेका स्थानीय सिङ्गवीर लिम्बूले बताए । गाउँमा आपतविपत् पर्दा र मानिस बिरामी पर्दा बिजुली बत्तीको अभावले बढी समस्या हुने गरेको उनकाे भनाइ छ ।

मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तसँग सञ्चार सम्पर्क गर्न समस्या हुँदै आएको मामाङ्खेका सुने लिम्बूले बताए । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो छ । विवाहलगायतका सार्वजनिक कार्यमा बिजुली बत्ती नभएपछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताए । जेनेटर प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चीलो हुने गरको स्थानीयको भनाइ छ ।

विद्युत्गृह राख्ने ठाउँ नै नरहने गरी पहिरोले बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत्गृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष माबो बताउँछन् । “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गर्यौँ तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाले । गाउँपालिकाले उपलब्ध गराएको बजेटले नपुग्ने भएपछि त्यत्तिकै छाड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ,”उनले भने ।

वडाध्यक्ष माबोका अनुसार मामाङ्खे गाउँमा विद्युत् प्रविधिक बोलाएर विद्युत् निकाल्न सर्भे गरे पनि सर्भेबाट रु दुई करोडभन्दा बढी खर्च लाग्ने भएपछि प्रत्येक घरपरिवारबाट सङ्कलन गर्दा पनि नपुग्ने भएपछि विद्युत्गृह बनाउनबाट पछि सरेको हो । विद्युत्गृह पुनःनिर्माण गर्न ठूलो बजेट लाग्ने भएपछि प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको वडाध्यक्ष माबोले बताए ।

पहिराले बगाएको विद्युत्गृह पुनःनिर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत् लाइन जोड्ने पेदाङवासीले योजना बनाएको खाकसेक्वा खोला लघुजलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताए । “खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न धेरै खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ”, उनले भने, “राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि पोल गाड्ने, तार तान्ने काम हुन लागेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।”

पहिराले बगाएको विद्युत्गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले बताए ।


Read Previous

जिल्ला अस्पताल खोटाङकाे पक्की भवन निर्माण ३ महिनादेखि ठप्प

Read Next

बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल   

Leave a Reply

Your email address will not be published.