Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

सौर्य विद्युतकाे सीमा बढाउन प्राधिकरणले गरेको निर्णयको सोपानद्वारा स्वागत


काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले राष्ट्रिय प्रसारण प्रणालीमा सौर्य विद्युत आयोजनाको हिस्सा १० प्रतिशत पुर्याउन विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने निर्णयको स्वागत गरेको छ । सोपानले बुधबार विज्ञप्ती जारी गरी नेपाल विद्युत प्राधिकरणले प्रसारण प्रणालीमा सौर्य विद्युत आयोजनाको सीमा बढाउनका लागि पिपिए खुलाउन गरेको निर्णयको स्वागत गरेको हो ।

प्रसारण प्रणालीमा सौर्य विद्युतको हिस्सा बढाउन प्रवर्द्धकलाई प्रोत्साह गर्दा सुख्खा यामको विद्युतको माग व्यवस्थापन भई भारतबाट आयात हुने विद्युतको परिमाण घटाउँदै आन्तरिक उत्पादनबाट आत्मनिर्भर बन्न सकिने सोपानको विस्वास छ ।

सोपानले सौर्य ऊर्जा उत्पादनमा लगानीकर्तालाई प्रोत्साहन गर्न जलविद्युतलाई सरह सौर्य विद्युत आयोजनाको पिपिए दरमा पनि वार्षिक वृद्धि (स्कालेसन) को सुविधा दिन प्राधिकरणसँग माग समेत गरेको छ ।

‘सौर्य विद्युत आयोजना निर्माण गर्दा सम्पूर्ण लागतको ७० प्रतिशत रकम आवश्यक उपकरणको आयातमा खर्च हुने हुँदा अमेरिकी डलरको दरमा भइरहने उतारचढावले लागत पनि घटबढ हुन्छ,’ विज्ञप्तीमा भनिएको छ,‘अहिले पिपिएको अधिकतम आधारदरबाट लगानीकर्ताका लागि उत्साहित हुने अवस्था छैन ।’

अब ८ सय मेगावाटसम्मका सौर्य विद्युत आयोजनाको पिपिए गर्दा तथा पहिले नै पिपिए भइसकेका आयोजनाको हकमा स्कालेसनको सुविधा दिएमा छोटो समयमा सरकारको लक्ष्य पूरा गर्न सकिने पनि विज्ञप्तीमा उल्लेख छ ।

प्राधिकरणको गत माघ २४ गतेको सञ्चालक समितिको बैठकले सौर्य विद्युत आयोजनाको पिपिए सीमा बढाउने निर्णय गरेको थियो ।प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार अब राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध विद्युतको १० प्रतिशत सौर्य ऊर्जाको हिस्सा पुर्याउने गरी सौर्य विद्युत आयोजनाको पिपिए गरिने भएको छ । सरकारको मिश्रित ऊर्जा उत्पादनको लक्ष्य पूरा गर्न ८ सय मेगावाटका सौर्य विद्युत आयोजनाको पिपिए गर्ने निर्णय प्राधिकरणले गरेको छ ।


Read Previous

विद्युत विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न माग   

Read Next

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

Leave a Reply

Your email address will not be published.