Nepal Purbadhar

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु


काठमाडौं। मुग्लिन-पोखरा सडक आयोजनाको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सीमा पर्ने कोत्रेदेखि पोखराको पृथ्वीचोकस्थित सेती पुलसम्मको १९ किलामिटर सडकमध्ये अहिले लामेआहालबाट अस्पाल्टसम्मको खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।

पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार यो खण्डमा सुरुवाती चरणमा ७ सय मिटर सडक कालोपत्र गर्ने तयारी छ । उनले बेस तयार भएका स्थानमा पनि क्रमशः कालोपत्र गर्दै जाने बताए ।

“अहिले बेस तयार भएको ठाउँमा कालोपत्र गर्न थालिएको छ । अरु ठाउँमा सडक सम्माउने काम भइरहेको छ । बेस तयार भएसँगै अन्य ठाउँमा पनि कालोपत्र गर्दै लगिनेछ,’ उनले भने ।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको केही काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।

राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र अन्य स्थानमा ४ लेनको सडक बनाउने काम भइरहेको छ । पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेनको सडक निर्माण हुनेछ । भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारले ताकेता गरेपछि अहिले ठेकेदारले निर्माणको कामलाई गति दिएको आयोजनाले जनाएको छ ।

यो सडक खण्डमा लामो समय विद्युतीय पोल र खानेपानीका पाइप हटाउन ढिलाइ हुँदा काम प्रभावित भएको थियो । एशियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको २ लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक आयोजना निर्माण भइरहेको हो । सडक विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरी काम सुरु गरिएको छ ।

पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय नै राखिएकाे छ ।

जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । पश्चिम खण्ड ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७८ साल जेठमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार यो सडक आयोजना २०८१ साल भदौभित्र सम्पन्न गर्नुपर्नेछ ।

Facebook Comments

Read Previous

निकुञ्ज कार्यालयलले विद्युतीकरण याेजना कार्यान्वयन नगर्न भनेपछि चितवनको बाँदरझुला अझै अँध्यारोमा

Read Next

सरकारले घटायो बजेटको लक्ष्य,१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख संशाेधित बजेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar