Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

काठमाडौं महानगरका सडकमा स्मार्ट सडक बत्ती जडानको आधा काम सकियो


काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सडक खण्डमा १ हजार बढी स्मार्ट सडक बत्ती जडान गरेको छ । महानगरपालिकाले रातको समयमा यातायातको सहज आवागमन तथा सामाजिक सुरक्षा कायम गर्ने उद्देश्यले सडक विभाग तथा नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा मुख्य सडकहरूमा स्मार्ट सडक बत्ती जडान गरेको हो ।

महानगरपालिकाका अनुसार अहिलेसम्ममा विभिन्न सडक खण्डमा १ हजार ३७ वटा स्मार्ट सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले जानकारी दिए । उनका अनुसार महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा स्मार्ट सडक बत्ती जडान भएका छन् ।

यस्तै, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा स्मार्ट सडक बत्ती राखिएको छ । कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिसकिएको महानगरपालिकाले जनाएको छ ।

पौडेलका अनुसार नगर क्षेत्रभित्रको फराकिलो सडकमा १२० वाट क्षमताको स्मार्ट बत्ती जडान गरिएको छ भने साँघुरो सडकमा ९० वाट क्षमताको स्मार्ट बत्ती जडान गरिएको छ । पहिले गरिएको अध्ययनले यी सडकहरूमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ गरी जम्मा १ हजार ७२ वटा स्मार्ट बत्ती जडान गर्नुपर्ने थियो । तर, काम गर्दै जाने क्रममा अनुमानभन्दा कम बत्ती जडान गर्नुपरेको पौडेलले बताए ।

स्मार्ट सडक बत्ती जडान गर्ने क्रममा पुराना पोलको प्रयोग गरिएको छ । पुरानो पोलको बत्तीले प्रकाश नपुग्ने स्थानमा नयाँ पोल राखी बत्ती जडान गरिएको छ । जीर्ण अवस्थामा पुगेका पुराना ४२१ वटा पोल हटाइएको छ ।

स्मार्ट बत्तीमा विद्युत आपूर्तिका लागि ३० हजार ७ सय १० मिटर तारको प्रयोग गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाअनुसार स्मार्ट सडक बत्ती जडान गर्ने योजना अन्तर्गत ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । महानगरपालिकाभित्र स्मार्ट सडक बत्ती जडानको काम २०८१ साल बैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी २०८० साल बैशाख २५ गते सम्झौता भएको थियो ।

स्मार्ट सडक बत्ती जडानका लागि करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा कूल लागतको ६० प्रतिशत महानगरपालिकाले तथा ४० प्रतिशत नेपाल विद्युत प्राधिकरणले खर्च गर्ने सहमति छ । सहमति अनुसार महानगरपालिकाले लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रियविमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म र चाबहिलदेखि जोरपाटीसम्मका सडकमा स्मार्ट सडक बत्ती जडानको का मगर्नेछ ।

विद्युत प्राधिकरणले सिनामंगल विमानस्थलबाट तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल आसपासको क्षेत्रमा स्मार्ट सडक बत्ती जडानको काम गर्नेछ ।

अहिलेसम्मको प्रगतिमा महानगरपालिकाको हिस्समा पर्ने क्षेत्रमा सडक बत्ती जडानको काम भएको छ । विद्युत प्राधिकरणको क्षेत्रभित्र पर्ने स्थानमा १ हजार १७ वटा स्मार्ट बत्ती जडान गर्ने अध्ययन रिपोर्ट छ ।


Read Previous

भोजपुर हतुवागढीको बारीगाउँमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,६९ घर झिलिमिली

Read Next

निर्माण कम्पनीले काम नगरेपछि धुलिखेल-खावा सडकको ठेक्का तोड्ने तयारी

Leave a Reply

Your email address will not be published.