Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

बेनी-जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने   


म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ । गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने भिरकाटेमा सुरुङमार्ग निर्माण गरिने भएकाे हाे ।

कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएपछि दुई लेनको सुरूङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी–जोमसोम सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।

उनका अनुसार सुरुङमार्ग निर्माणका लागि ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झण्डै रु ९० करोडको लागत अनुमानसहित स्वीकृतिका लागि मन्त्रालयमा पत्र पठाइएको हो । कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको आयोजना प्रमुख झाले बताए ।

“सुरूङबाहेक अर्को विकल्प छैन, सडकको सुरक्षाका लागि सडकको पुरानो बाटो परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ”, उनले भने । नियमित यातायात सञ्चालनका लागि अहिले उक्त सडकखण्डको भिरकोटमा ढुङ्गा राखेर डाइभर्सन गरिएको छ ।

कालीगण्डकी नदी कटानका कारण सडकको बेससमेत नरहेपछि उक्त खण्डमा यातायात सञ्चालन गर्न समस्या हुँदै आएको छ ।    अत्यन्तै जोखिमपूर्ण मानिएको उक्तखण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाए ।

“कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ, “बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडकखण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ”, उनले भने ।

बेनी–जोमसोम–कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुग्नसक्ने भएकाले सुरुङबाहेका अन्य विकल्पबारे थप अध्ययन भइरहेको आयोजना प्रमुख झाले जानकारी दिए ।

२०७४ मा सुरु भएको बेनी–जोमसोम सडक रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । एक सय ८६ किमी दूरीको उक्त सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पुग्नेछ ।


Read Previous

पुँजीगत खर्च नबढ्दा सिर्जित आर्थिक समस्या  

Read Next

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम  

Leave a Reply

Your email address will not be published.