Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

एनआरएनएको ११औं महाधिवेशन: आरके शर्मा प्यानलको उम्मेद्वारी घोषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा राजेन्द्रकुमार (आरके) शर्मा प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । शर्मा प्यानलले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी एनआरएनएको आगामी कार्यसमिति चयनका लागि असोज ३० देखि कात्तिक ३ (अक्टोबर १०–२०) सम्म काठमाडौंमा हुन लागेको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो ।

अध्यक्ष पदमा कतारमा व्यवसाय गर्दै आएका हालको कार्यसमितिका उपाध्यक्ष शर्माले उम्मेद्वारी घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले २४ महिनामा २४ काम गर्दै बाचा गर्दै अध्यक्ष पदका लागि चुनावी प्रतिश्पर्धामा उम्मेद्वारी घोषणा गरे । उनले विश्वका ४० देशमा बसोबास गर्ने नेपाली समक्ष पुगेर उनीहरूको सुझाव र सल्लाहका आधारमा २४ बुँदे घोषणापत्र तयार गरिएको बताउँदै निर्वाचित भएमा सबै बाचा कार्यान्वयन गर्दै प्रतिबद्धता समेत जनाए ।

यस्तै, उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । उपाध्यक्ष पदका लागि खगेन्द्र न्यौपाने, रुबिनप्रसाद श्रेष्ठ (गोविन्द), राज रेग्मी, विजय मोक्तान, अभिमान सिंह बस्नेत र शशीकान्त पौडेलले उमेद्वारी दिएका छन् ।

न्यौपाने मसेलियामा बसोबार गर्दै आएका गैरआवासीय नेपाली हुन् । उम्मेद्वारी घोषणा गर्दै न्यौपानेले घोषणापत्रमा आएका २४ बाचा कार्यान्वयनका लागि खबरदारी गर्ने बताए ।

उपाध्यक्षका अर्का उम्मेद्वार गोविन्द जापानमा बसोबार गर्दै आएका गैरआवासीय नेपाली हुन् । उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै उनले एनआरएनएको सहजीकरण तथा शुद्धिकरणका लागि उमेद्वारी घोषणा गरिएको बताए । रेग्मी कतारमा बस्दै आएका गैरआवासीय नेपाली हुन् ।

धनुषा घर भई हाल कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी बासित वर्तमान कार्यसमितिका युवा संयोजक हुन् । उनले एनआरएनएमा युवालाई पद मात्रै दिएर भूमिका नदिने गरिएकाले युवाका लागि आफ्नो भिजन कार्यान्वयन गर्न उमेद्वारी घोषणा गरेको बताए । उनले एनआरएनएको आगामी कार्यसमितिका लागि युवा उपाध्यक्षमा निर्वाचित भएमा युवा स्वरोजगार अभियान चलाउने प्रतिबद्धता समेत जनाए ।

उपाध्यक्षका अर्का उम्मेद्वार बस्नेत अष्ट्रेलियमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली हुन् । उनले एनआरएनएको आगामी कार्यकालका लागि निर्वाचित भएमा पुख्र्यौली पर्यटनलाई प्रवद्र्धन गरी विदेशमा बसोबास गरिरहेको नयाँ पुस्तालाई नेपाल भ्रमणमा ल्याउने बताए ।

यस्तै, उपमहासचिवमा संयुक्त अरब इमिरेट्समा व्यवसाय गर्दै आएका प्रणीण गुरुङको उमेद्वारी परेको छ । सचिव पदका लागि हुने प्रतिश्पर्धाका लागि ४ जनाको उम्मेद्वारी परेको छ । सचिवमा उम्मेद्वारी घोषणा गर्नेमा लोक दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली), टंग गैरे र आरसी पोखरेल छन् ।

यसैगरी, घोषणध्यक्ष पदका लागि ठाकुरप्रसाद ढुंगानाले उमेद्वारी दिने घोषणा गरेका छन् भने महिला संयोगकका लागि देवकी खत्री गुरुङ चुनावी प्रतिश्पर्धामा उत्रने भएकी छन् ।

स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ ।

एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट यही असोज ३० गते बिहान हुने तय भएको छ । सोही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुनेछ ।

सोही अवधिमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुने तय भएको छ । कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । मतदानपछि समापन समारोह कात्तिक ३ गते साँझ प्रधानमन्त्रीले गर्ने भएका छन् ।

एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ । मतदान गर्न ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरिने भएको छ । मतदान हुनु २४ घण्टाअघि सबै मतदातालाई यो एपको लिङ्क पठाइने छ । लिङ्क खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मात्र मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

उम्मेदवारी दिने अवधि असोज २७ गतेसम्म तोकिएको छ । असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ ।

महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् । सन् २००३ अगष्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोवरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो । गैरआवासीय नेपाली सङ्घ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

नेपालीका लागि नेपाली भन्ने मूलमन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गरेको यस संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । सार्क राष्ट्रबाहेकका अन्य देशमा राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी अन्तर्राष्ट्रियस्तरमा नै स्थापित, सङ्गठित र परिचालित हुनसक्ने नेपाली मूलको गैरसरकारी अन्तर्राष्ट्रिय सञ्जालको रूपमा आफुलाई विकसित गर्नसक्नु यस संस्थाको उपलब्धि हो ।


Read Previous

नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

Read Next

विद्युत विधेयकमा ८४ सांसदका ५८ संशोधन प्रस्ताव

Leave a Reply

Your email address will not be published.