Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

सडक बत्तीको विद्युत बक्यौता बुझाउन स्थानीय तहलाई प्राधिकरणको ताकेता


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत महसुल तिर्न अटेर गर्ने स्थानीय तहलाई बाँकी बक्यौता तिर्न ताकेता गरेको छ । स्थानीय तहहरूले सडक बत्तीका लागि उपयोग गरिरहेको विद्युतको महसुल उठ्न बाँकी रहेको भन्दै तत्काल सबै भुक्तानी गर्न भनेको हो ।

प्राधिकरणका अनुसार स्थानीय तहहरूले गत आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्मको सडक बत्तीको विद्युत महसुल अहिलेसम्म भुक्तानी गरेका छैनन् । प्राधिकरणले सूचना जारी गरी सडक बत्तीका लागि विद्युत उपयोग गरेका स्थानीय तहलाई सम्बन्धित वितरण केन्द्रमा भई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले ४५ दिनको समय सीमा दिई सडक बत्तीको विद्युत महसुल भुक्तानी गर्न भनेको छ । प्राधिकरणले दिएको सीमा पूरा हुन अब ४३ दिन बाँकी छ ।

तोकिएको समयभित्र पनि स्थानीय तहले सडक बत्तीको विद्युत बक्यौता नतिरेमा विद्युत महसुल संकलन नियमावली, २०७८ को विनियम १० मा भएको व्यवस्था बमोजिम कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

यस्तै, प्राधिकरणले अनुमति नलिई आफु खुशी विना मिटर सडक बत्ती जडान गर्ने कार्य कानूनमा भएको व्यवस्था विपरित भएकाले त्यस्तो भइरहेको अवस्थामा सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी तत्काल मिटर जडान गर्न समेत आग्रह गरेको छ । सूचित गर्दा गर्दै पनि मिटर जडान नगरी अनाधिकृत रूपमा सडक बत्ती बालेको पाइएमा हटाइने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सडक बत्तीको विद्युत महसुल तिर्न बेला–बेलामा ताकेता गर्दै आएपनि स्थानीय तहहरूले भने अटेर गर्दै आएका छन् ।


Read Previous

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

Read Next

याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान

Leave a Reply

Your email address will not be published.