Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको साढे दुई महिनामा ८ अर्ब रुपैयाँ बराबरको विद्युत भारतलाई बेचिसकेको बताएका छन् । उनले बर्खामा साउनदेखि यता यति मूल्यकाे विद्युत भारतकाे बजारमा निर्यात गरेर बिक्री गरेकाे बताएका हुन् ।

उनले नेपालकाेतर्फबाट भारतीय बजारमा दैनिक ७ सय मेगावाटसम्म  विद्युत निर्यात गरिरहेको बताए । उनका अनुसार साउनदेिख असाेस तेस्राे सातासम्ममा नेपालबाट २१ करोड ५३ लाख युनिट  विद्युत भारतीय बजारमा नर्यात गरिएकाे छ ।

‘अहिले दैनिक ७ सय मेगावाट अर्थात १५ हजार मेगावाट घन्टा विद्युत भारतीय बजारमा प्रतिश्पर्धी मूल्यमा बिक्री गरिरहेका छाैं, ’ उनले भने, ‘अहिलेसम्म ८ अर्ब रूपैयाँकाे विद्युत निर्यात भइसकेकाे छ।’ उनले याे वर्षभित्र १६ अर्बकाे विद्युत भारतीय बजारमा निर्यात गर्ने प्राधिकरणकाे याेजना रहेकाे बताए ।

उनका अनुसार, अहिले नेपालले भारतलाई प्रतियुनिट सरदर  ९.१३ भारतीय रुपैयाँ अर्थात १४.६० नेपाली रुपैयाँमा मूल्यमा बिक्री गरिरहेकाे छ । याे नेपालकाे विद्युतलाई दिइएकाे राम्राे मूल्य हाे ।

 भारतको विद्युत माग साढे २ लाख मेगावाट हाराहारीमा पुगिसकेको छ । नेपालले बर्खामा बढी भएकाे विद्युत भारतीय बजारमा निर्यात गरेर बिक्री गरिरहेकाे भएपनि हिउँदमा भारतबाटै आयात गरेर आपूर्ति व्यवस्थापन गर्नु पर्ने बाध्यता छ ।

पछिल्लो समय भारतमा कोइला आपूर्तिमा देखिएको समस्या, बाढीका कारण जलविद्युत आयोजनामा भएको क्षति लगायत कारणले त्यहाँका थर्मल प्लान्टकाे उत्पादन लागत महंगाे हुन जाने हुँदा याे वर्षा हिउँदको आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट आयात हुने विद्युत नेपालका लागि महंगाे हुनसक्ने उनले बताए ।

‘अहिले हामीले भारतलाई बेचेको विद्युतकाे मूल्य राम्रो छ । तर,  हिउँदमा याे वर्ष महंगोमा  आयात गर्नुपर्ने हुन सक्छ । कतिपयले विद्युत प्राधिकरणले सस्तोमा भारतलाई बेचेर महंगोमा आयात गर्छ भनिरहेका छन्, त्यो गलत हो । भारतले पनि उत्पादन लागतका आधारमा नेपाललाई विद्युत दिने हुँदा मह‌गाे हुन जाने हाे ’ उनले भने ।

विद्युत जडित क्षमता २८ सय मेगावाट नाघिसकेपनि अहिलेकाे दैनिक २१ सय मेगावाट मात्र उत्पादन भइरहेकाे घिसिङले बताए । केही जलविद्युतगृह बर्खाकाे बाढीले क्षतिग्रस्त भएपछि गत असारदेखि नै बन्द रहेकाले उत्पादन भएकाे मध्ये थाेरै विद्युत मात्रै खेर गइरहेकाे उनकाे भनाइ छ ।

भारतमा विद्युतको माग बढ्दो क्रममा रहेको तथा सिक्किममा आएको बाढीको कारणले १२ सय मेगावाटको टिष्टा जलविद्युत केन्द्रमा आएको समस्यासँगै ऊर्जा स‌कट गहिरिएको र यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने पनि उनले बताए ।


Read Previous

सडक बत्तीको विद्युत बक्यौता बुझाउन स्थानीय तहलाई प्राधिकरणको ताकेता

Read Next

१ अर्ब बढी आम्दानी गुमेपछि मिस्त्री खाेलाकाे सबै उत्पादन प्रसारण प्रणालीमा,घार,थापाखाेला र घलेम्दीलाई पनि राहत

Leave a Reply

Your email address will not be published.