Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक


बागलुङ । पर्यटन प्रवर्द्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसङ्घको बैठक बस्ने भएको छ । महासङ्घका तेस्रो कार्यकारिणी बैठक यही असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बस्ने भएको हो । उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा बैठक गर्न थालिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा महासङ्घका ७० जनाको कार्यसमितिसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहनेछ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ । ‘निजी क्षेत्रका उद्योगी तथा व्यवसायी ढोरपाटन आउँदा प्रचार–प्रसारसँगै त्यहाँको नयाँ सम्भावना र लगानीको क्षेको पहिचान हुनेछ’, कार्कीले भने, ‘जिल्लामा पर्यटनको सम्भावना र लगानीका विषयमा अन्तरक्रिया पनि हुनेछ ।’

उनले देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको विकासमा सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बनाउन यो बैठकले सहयोग पुग्ने उनको भनाइ छ । ‘बैठक पर्यटकीय क्षेत्रको विकास, लगानीको खोज, कृषि उपजको बजारीकरणका लागि कोशेढुङ्गा सावित हुनेछ, ढोरपाटनमा आलु र स्याउको पनि राम्रो सम्भावना छ’, उनले भने । बैठकमा सहभागी हुन आउने उद्योगी तथा व्यवसायीहरू होटल तथा सामुदायिक घरबासमा पाहुनालाई राखिनेछ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्ययोजना छ । सो अवसरमा उक्त टोलीले प्रसिद्ध ढोरबराह मन्दिरसमेत दर्शन गर्नेछ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेता आउँदा यहाँको गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताए ।

ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थान रहेकामा तिनीहरूको प्रचार–प्रसार हुने गरी बैठकको आयोजना गरिएको छ । सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक वृद्धि भएको छ । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधासम्पन्न होटलको अभाव छ ।


Read Previous

पेट्राेलियम ऊर्जाको बढ्दो खपत व्यवस्थापनको खाँचो

Read Next

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

Leave a Reply

Your email address will not be published.