Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

लगानी बोर्ड स्थापनाको १२ वर्षमा साढे १२ खर्वको लगानी स्वीकृत, लगानीकर्ताको चासोलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको भनाइ


काठमाडौं । लगानी बोर्ड स्थापनाको १२ वर्षमा कुल ४२ परियोजनाका लागि साढे १२ खर्व ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । त्यसमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना रहेका छन् । यस अवधिमा ५ खर्च २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ । त्यस्तै ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होड्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन्।

धरानमा बेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको छ । ९०० मेगावाटको वरुण ३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन्।

४५० मेगावाटको सेती नदी—६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन द्वीपीवार० को तयार हुँदैछ। यसका साथै ३२७ मेगावाटको अपर मवादी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ र पौडीएको तयारी समेत शुरु भएको छ ।

यस अवधिमा लगानीकर्ताको विश्वास र लगानी गन्तव्यको रूपमा साख अभिवृद्धिमा एउटा नयाँ उचाइ प्राप्त भएको छ । नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्ललगानी गर्ने भएको छ। लगानी बोर्डको ५५औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भै वार्ता समितीले कार्य थालनी गरिसकेको छ।

यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक(निजी साझेदारी ९पीपीपी० को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले चर्चा गरे ।

बोर्ड नेपाल स्थापनाको १२ औं वार्षिकोत्सव सम्पन्न

लगानी बोर्ड नेपाल स्थापनाको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेत निजी लगानीको अपरिहार्यता रहेको उल्लेख गरे । लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको र त्यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाउने कुरामा उनले विशेष जोड दिए ।

प्रधानमन्त्रीले लगानी बोर्डमार्फत् सार्वजनिक(निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उल्लेख गर्दै नेपालले विश्व समुदायमा आकर्षक गन्तव्यको मजबुत साख निर्माण गर्न सफल भएको बताए । त्यसमा लगानी बोर्ड नेपाल, लगानीकर्ता, विकास साझेदार एवम् लगानी सम्बन्धी सरोकारवाला सबै पक्षको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवाद र आभार प्रकट गरे ।

त्यस्तै, लगानी बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले विदेशी समेत ठूलो निजी लगानी आकर्षित गरी सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक परियोजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो । त्यस्तै, विदेशी लगानी आकर्षण एवं प्रवर्द्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुन्याएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले लगानी बोर्ड स्थापनाको उद्देश्य, उपलब्धि र आगामी बाटो सम्बन्धी प्रस्तुतीकरण गरे ।वार्षिकोत्सव समारोहमा लगानी बोर्डका सदस्यह, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ता, कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं नागरिक समाजका प्रवुद्ध सदस्यहरूको उपस्थिति रहेको थियो ।


Read Previous

२०३५ भित्र ३५ हजार मेगावाट विद्युत उत्पादनको सरकारी लक्ष्य, वनको नियमावली– ’एक खोला, एक आयोजना’

Read Next

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत भन्दा बढी सम्म कर्जा दिने

Leave a Reply

Your email address will not be published.