Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए


कास्की । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो ।

मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए । पर्यटकीय सहर पोखरामा वि. सं २०३२ मा सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माणका लागि जमिन छुट्याइए पनि हालसम्म पूर्वाधार बन्न सकेको छैन । पछिल्लो समय बसपार्कभित्रको जमिन समथर बनाउने, खाल्डाखुल्डी पुर्ने पुराना र थोत्रा सवारीसाधन हटाएर सहज बनाइएको तिमिल्सिनाको भनाई छ ।

उनले भने, “महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्कभित्रबाटै छुट्ने÷छुटाउने अनिवार्य व्यवस्था लागू गरिएको छ । अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोहीअनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेज बन्द गरेका हौँ ।” बसपार्क व्यवस्थापनमा स्थानीय व्यवसायीले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले भने । उनका अनुसार बसपार्कभित्र रहेका कवाडी सङ्कलन केन्द्रलाई यही भदौ २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् । यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।


Read Previous

पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

Read Next

निर्माण ढुलासुस्तीले म्याद थप अलमलमा हुलाकी सडक

Leave a Reply

Your email address will not be published.