Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

पूर्वाधार मन्त्री ज्वालाको रसियन राजदुतसँग भेट, काठमाडौंमा मेट्रो रेल निर्माणको प्रस्ताव दिन रसियन पक्षकाे अनुराेध


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा रसियन  राजदुत नेतृत्वकाे टाेलीसँग भेट गरेका छन् ।  सोमवार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग भेटमा मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले बताए ।

रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन् । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ । मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेकाे उनले बताए ।

केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणअघि मेट्रो, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको हाे ।

छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेल निर्माणको प्रस्ताव गरे । ‘मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भयो’ मन्त्रालयका सचिव केशव शर्माले भने । जवाफमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएका थिए । त्यसका लागि ठोस प्रस्ताव समेत उनीहरुले मागेका छन् ।

रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका छन् । उनीहरुको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौ इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए ।


Read Previous

क्याटो र मरिम्ला नाका खोल्न आग्रह

Read Next

सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च

Leave a Reply

Your email address will not be published.