Nepal Purbadhar

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त


काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

शेयर रजिष्ट्रार सेवा अन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने काम गर्नेछ ।

यसबाहेक कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरु यही मिति २०८० साल भाद्र ३ गते आइतबारदेखि एन आई सी एशिया क्यापिटलमार्फत हुनेछ ।


Read Previous

पानीको मुहान संरक्षण गर्दा बन्यो पर्यटकीयस्थल

Read Next

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar