Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पानीको मुहान संरक्षण गर्दा बन्यो पर्यटकीयस्थल


झापा । सानो लगानी जुटाएर सिमसार खेतको पानीको मुहानलाई धार्मिक सौन्दर्यीकरण गर्दा मेचीनगर नगरपालिका वडा नं १ हिलेधापमा आकर्षक पर्यटकीयस्थल बनेको छ । हिउँद तथा बर्खामा कलकल बगिरहने हिलेधाप सिमसारको मुहानलाई संरक्षण गरेर नागधारा र नागदेवीको मन्दिर बनाउँदा सो स्थान धार्मिक क्षेत्रमा परिणत भएको हो । स्थानीयले सिमसारलाई धार्मिक पर्यटकीयस्थल बनाउने परियोजना अघि सारेपछि मेचीनगर वडा नं १ ले रु चार लाख बजेट विनियोजन गरेको थियो ।

मुहानको पानीलाई पोखरीमा सङ्कलन गरेर नागदेवीको कलात्मक ४९ धारा निर्माण गरेर नजिकै मनसा नागदेवीको मन्दिर निर्माण गरिएको छ । मन्दिर र धारा निर्माण भएलगत्तै सो स्थल ‘मनसा नागदेवी धार्मिक क्षेत्र’का रुपमा प्रसिद्ध भएको सो धार्मिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष महिन्द्र मल्लले बताए । मेचीनगर–१ को वडा कार्यालयले दिएको रु चार लाख, नगरपालिकाको २५ हजार रुपैयाँ र स्थानीयको सहयोगबाट नयाँ धार्मिक पर्यटकीय क्षेत्रको बनेको हो । हाल नागदेवीको मन्दिरमा पूजाअर्चना गर्न र ४९ धारामा पितृमोक्षका लागि नुहाउन आउने भक्तजनको भीड लाग्न थालेको छ ।

नगरपालिकाको प्रशासनिक केन्द्र इँटाभट्टास्थित पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तर साविक बाहुनडाँगी क्षेत्रमा रहेको सो क्षेत्र वरपर श्रीकृष्ण थुम्की, एक सय आठ शिवलिङ्ग, ‘मिनी माउन्टेन पिकनिक स्पट’, समावेशी गुरुकुलजस्ता धार्मिक एवं पर्यटकीय आकर्षणका अन्य स्थानसमेत छन् । आधा दर्जनभन्दा बढी पर्यटकीयस्थल पाँच किलोमिटर वरपर छरिएर रहेको हुँदा स्थानीय टेम्पो लगायतका साना सवारी साधनले प्रति पर्यटक रु तीन सय भाडा लिएर सबै धार्मिकस्थलको अवलोकन गराउने सुविधा मिलाएका छन् । “पहिले यहाँ हिलेधाप नामले चिनिने माथितिर पानीको मुहान र तलतिर खेती थियो”, अध्यक्ष मल्लले भने ।

“मुहानमा प्रशस्त माछा हुन्थे, माछा लगायतका जलचर मासिँदै गएपछि संरक्षण गर्ने र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यो ठाउँलाई धार्मिक दृष्टिले विकास गरिएको हो ।” अझ अगाडि उनले भनेका छन् । उनका अनुसार स्थानीय एक व्यक्तिले मुहानका माछा घरमा ल्याउँदा परिवारका सदस्य बिरामी परेको र धामीले त्यो माछा मुहानमै लगेर छाडिदिए मात्र बिरामी निको हुने बताएको किंवदन्ती छ । धामीको कुरा पत्याएर माछालाई मुहानमै छाडिदिएपछि ती परिवारका सबै सदस्य स्वस्थ भएको हुँदा मुहानमा नागदेवीको शक्ति रहेको स्थानीयले विश्वास गर्दै आएका छन् । अहिले सोही ठाउँमा मनसा नागदेवीको मन्दिर निर्माण गरिएको मल्ल भन्छन् ।

पूर्ववडा सदस्य डिकेन्द्र थापाका अनुसार धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले हिलेधाप सिमसार क्षेत्रमा मनसा नागदेवीको मन्दिरसहित ४९ धारा निर्माण गरिएको छ । हाल मन्दिर र धारा निर्माण भएको क्षेत्रमा स्थानीयले तीन कट्ठा जग्गा दान गरिसकेका छन् । सो स्थानमा विभिन्न दाताले पितृमोक्षको कामना गरेर ४९ धारा निर्माणमा दाताहरुले एक धारा बराबर दश हजार रुपैयाँ सहयोग गरेका छन् ।

धारा निर्माणकर्ता झापा, धनकुटा र सुनसरीका धेरै छन् । दाताको पितृको नाम धारामा अङ्कित गरिएको छ । हिन्दू र बौद्ध धर्मालवम्बीलाई लक्षित गरेर ४९ धारा बनाइएको अध्यक्ष मल्लले बताए । उनका अनुसार हिन्दू धर्मका अनुयायीले पितृको कार्य (मासे) ४५ दिनमा गर्ने र बौद्ध धर्मका अनुयायीले ४९ दिनमा गर्ने हुँदा यसैलाई आधार मानेर ४९ धारा निर्माण गरिएको हो । हिन्दू र बौद्धमार्गी सो क्षेत्रमा पितृमोक्षका लागि आउने गरेका छन् । रासस


Read Previous

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

Read Next

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

Leave a Reply

Your email address will not be published.