Nepal Purbadhar

सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्व


तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो ।

सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अहिले मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवत–जावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनले बताए । ठूला सवारीसाधन आवत–जावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments

Read Previous

विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो

Read Next

बेनी-जोमसोम सडकमा सधैं सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar