Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

अनुगमन टोलीको निष्कर्षः भक्तपुर-नगरकोट सडक खण्डमा कालोपत्र गुणस्तरहिन


भक्तपुर। विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अबस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालिएको हो ।

नगरकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ रिजालले सडक अनुगमनका क्रममा निर्माण कम्पनीले गरेकाे सडककाे कालोपत्र गुणस्तरहीन रहेको निष्कर्ष निकालेको बताए । “सडक निर्माणको अन्तिम चरणमा पुगेको पाइयो तर सडकको कालोपत्र गुणस्तरीय छैन, अहिलेकै अवस्थामा सडक स्तरोन्नति गरेरमात्रै हस्तान्तरण गर्नुपर्ने देखिन्छ, यद्यपि झरी रोकिनेबित्तिकै सडक निर्माणको बाँकी काम अगाडि बढाएर आगामी दसैँसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्, अब पनि निर्माण सम्पन्न नभए सरकारले ठेक्का रद्द गरेर कारबाही गर्नेछ ,” उनले भने ।

निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको जनाउँदै विभिन्न ठाउँमा आएका अवरोध हटाउन पहल गर्ने बताए । अनुगमनमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटक–पटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगरप्रमुख तथा उपप्रमुख आफैँ उभिएर समस्या समाधान गर्न तत्पर रहेको जानकारी दिए ।

अनुगमनमा सहभागी नेकपा (एमाले)का जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेत, नेकपा (माओवादी केन्द्र)का सुनिल वासु, राप्रपाका केन्द्रीय सहमहामन्त्री रवीन्द्रप्रताप शाह, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले छिटो निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्न आयोजनालाई आह्वान गरे ।

भक्तपुर–नगरकोट सिपाघाट/बालाजु त्रिशूली सडक योजना कार्यालयको आयोजनाअन्तर्गत रहेको उक्त सडकको आयोजना सब–इन्जिनियर सुनिता धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदै आगामी असोजसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको जानकारी दिए । शैलुङ कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गरे ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ जेठ २२ गते शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भए पनि बजेट थप गरेर ३१ करोड रुपैयाँ पुर्याइएको १५.६६० किलाेमिटर लामो भक्तपुर-नगरकोट सडक खण्ड ९ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि यसअघि सरकारले ठेक्का सम्झौता रद्द गर्न पत्राचारसमेत गरेको थियो ।


Read Previous

पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध   

Read Next

नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा   

Leave a Reply

Your email address will not be published.